नेपालको प्रगती र उन्नतीतका लागि दिगोपना भन्ने शब्दले निकै महत्व राख्ने गरेको छ । दिगोपना सवै कुरामा अनिवार्य देखिएको छ । बिकास निर्माणमा दिगोपना भन्ने शब्द अँझै महत्वपुर्ण सब्दको रुपमा आउने गरेको छ । राजनीतिमा पनि दिगोपनाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने देखिएको छ ।
नेपालमा देखिएको लामो द्धन्द्धपछिको स्थायी शान्ति र दिगो बिकासका लागि राजनीतिमा दिगोपना देख्न सकिएको छैन् । एउटा सरकारले ल्याएको सकारात्मक कुरालाई थप मद्धत गर्नुको साटो बिरोधका नाममा बिरोध गर्ने प्रचलन नेपालमा धेरै देखिएको छ । यस्तो प्रचलन अहिलेका मात्र हैन् सवै पार्टीहरुले आफ्नो अनुकुलता र प्रतिकुलता अनुसार बेला बेलामा प्रर्दशन गर्ने गरेका छन् ।
नेपालमा जबसम्म कसैले चाहेर पनि ५ बर्ष सम्म हटाउन नसक्ने कार्यकारी प्रधानमन्त्री मुलुकले पाउँदैन, तबसम्म राजनीतिक अस्थिरता रहिरहने छ । यसको उदाहरण संविधानकै विषयलाई लिए पुग्छ । संविधान जारी हुनुभन्दा १० –१५ दिन अगाडिसम्म संविधान बहुमतको दस्तावेज हैन, एक सय प्रतिशत सहमतिको दस्तावेज हो भनेर कराउँदै हिँड्ने अनि एकाएक बहुमतबाट पारित गर्ने यस्तो प्रवृति आम नेपालीहरुका लागि दुःखको कुरा हो । त्यस्तै अर्को महत्वपुर्ण कुरा बजेट हो त्यसका लागि पनि सम्वन्धित सवै पक्षहरु एकमत भएर बजेट प्रस्तुती र कार्यान्वयन पहिलो कुरा हो । त्यसपछिको महत्वपुर्ण कुरा बजेट प्रस्तुत गर्ने सरकारले कम्तिमा एक बर्ष देखि पाँच बर्षसम्म सरकार चलाउने अवसर पाएमा मात्रै नेपालले बिकासको ठोस कदम चाल्न सक्ने देखिन्छ ।








